arrow

नेपाल टेलिभिजनमा भ्रष्टाचार गरिएको भन्दै अख्तियारमा उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०७६ फागुन १७ शनिबार
ntv-ciaa-report.jpg

काठमाडौं। नेपाल टेलिभिजनमा आर्थिक वर्ष २०७५/२०७६ मा चरम नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। नेपाल टेलिभिजनलाई एचडीमा स्तरोन्नति गर्ने बेला विदेशबाट खरीद गरिएका सामानमा खरीद मूल्य भन्दा बढी बिल पेश गरी करोडौं भ्रष्टाचार भएको, एनटिभि इटहरीको विविध टेन्डर प्रक्रिया अवैधानिक भएको, ऐन मिचेर कर्मचारी राखेर संस्थालाई भर्ती केन्द्र बनाएको भनेर निवेदनमा लेखिएको छ।

अवैधानिक तरिकाबाट गरिएको सो भ्रष्टाचारमा महेन्द्र बिष्टको नेतृत्वमा रहेको नेपाल टेलिभिजन लेखा शाखा र इन्जिनियरिंग शाखाका सिनियर पदाधिकारीहरु एवं अन्य केही उच्चपदस्थ कर्मचारीलाई पनि छानबिनको दायरामा ल्याउन भनेर निवेदनमा लेखिएको छ। निवेदनमा नायब महाप्रबन्धक विष्णुराम न्यौपाने, आरती चटौत, पवन माण्डव्य लगायतलाई पनि छानबिन गर्न भनेर लेखिएको छ। लेखा शाखाका पवन माण्डव्य २०७२ सालमा तत्कालीन महाप्रबन्धक लक्ष्मण हुमागाईंका पालामा पनि अनियमितता प्रकरणमा मुछिएका थिए।

नेपाल टेलिभिजनको उत्पादन एवं प्रसारणमा विगत चार वर्ष देखि प्रसारण हुँदै आएको आध्यात्मिक कार्यक्रम होरा दर्शनका निर्माता प्रस्तोता चन्द्रकान्त पौडेलले अख्तियारमा निवेदन दिएका हुन्।

पौडेल यस अघि पनि २०७२ सालमा तत्कालीन महाप्रबन्धक लक्ष्मण हुमागाईंलाई भ्रष्टाचारी भनेको तथा अपमानित गरिएको भन्दै सार्वजनिक मुद्दामा थुनामा परेका थिए। तर लक्ष्मण हुमागाईं हटेपछि पौडेलले क्लिन चीट पाएर नेपाल टेलिभिजनमा कार्यक्रम संचालन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ