arrow

दाउरा किन्दा नागरिकता अनिवार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७६ वैशाख २५ बुधबार
82141967.jpeg
काठमाडौं । भारतीय नाकाबन्दीका कारण बजारमा ग्याँस तथा मट्टीतेलको अभाव भएपछि खाना पकाउन नपाएका उपत्यकाबासीलाई सहज रुपमा खाना पकाउने व्यवस्था गर्न सरकारले आइतबारदेखि दाउरा बेच्न थालेको छ ।

वन तथा भू–संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेशन अफ नेपाल (टीसीएन)को बालकुमारी र पशुपति डीपोबाट दाउरा बेच्न थालेको हो । मन्त्रालयले दाउरा किन्न आउने सर्वसाधारणले साथमा नागरिकता अनिवार्य ल्याउन आव्हान गरेको छ भने सर्वसाधारणले १५ रुपैयाँ किलोको दरले बढीमा एक सय किलोसम्म दाउरा किन्न पाउने प्रावधान राखेको छ । नागरिकता देखाएपछि टिम्बरले सर्वसाधारणलाई कुपन दिने व्यवस्था गरेको छ ।

संघसंस्थाको हकमा बढीमा ५ सय किलो दाउरा प्रतिकिलो १७ रुपैयाँका दरले किन्न पाउने व्यवस्था गरिएको छ ।  बाराको पथलैया, पचाहा लगायतका स्थानबाट १० ट्रक दाउरा बिक्रीका लागि काठमाडौं ल्याइ वितरण गरिएको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ