arrow

सन्तोष कोइराला माछापुच्छ्रे बैंकको कामु सिईओ

logo
प्रकाशित २०७६ फागुन २८ बुधबार
santpsh-koirala1.jpg

काठमाडौं। माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला कामु प्रमुख कार्यकारी अधिकृत (सिईओ) भएका छन्।

प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बाहिरिएसँगै बैंकको सो जिम्मेवारी कोइरालाले पाएका हुन् ।

२३ महिनाअघि प्रमुख कार्यकारी नियुक्त भएका शर्मा औपचारिक रुपमा भने फाल्गुन मसान्तबाट बाहिरिने छन् ।

कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका कोइराला दुई वर्षदेखि माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी थिए ।

यसअघी बैंक अफ काठमाडौ र सानिमा बैंकमा समेत काम गरिसकेका कोइराला त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर हुन्।

कोइरालाले नेदरल्यान्डबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन्। यो कोर्स बैंक तथा वित्तीय संस्थाको उच्च नेतृत्वमा पुग्नेहरु अधिकांशले लिने गरेका छ्न्।

कामुको जिम्मा बढीमा ३ महिनासम्म रहने र त्यसपछि कोइराला प्रमुख कार्यकारी हुने बैंक स्रोतले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ