arrow

कोरोना बिरुद्धको अभियानः संसदमा प्रस्ताव गरे अनुसार निर्वाचन क्षेत्रमा जुटे दिव्यमणी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ चैत ३ सोमबार
divya-mani-corona-awarness.jpg

काठमाडौं। कोरोना विस्तार हुनु अघी नै यसबारे जनचेतना फैलाउन संसद समेत बन्द गरि संघीय संसदका जनप्रतिनिधीहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा पठाउन प्रतिनिधी सभामा प्रस्ताव गरेका सांसद दिव्यमणी राजभण्डारीले काठमाडौं क्षेत्र नम्वर ४ मा जनचेतना अभियान शुरु गरेका छन्। गत विहिवार राजभण्डारीले संसद स्थगन गरि सांसदहरुलाई आफ्नो सम्वन्धित निर्वाचन क्षेत्रमा जान सभामुमख मार्फत बिशेष अनरोध गरेका थिए। 

संसारका विभिन्न देशले स्वास्थ्य संकटकालको घोषणा गरि जनचेतनाका लागि विशेष अभियान चलाइरहेको कुरालाई मध्यनजर गर्दै नेपालको संसदले पनि यस बारेमा गम्भिरता देखाउँदा उपयुक्त हुने ठानी संसदमा प्रस्ताव गरेको राजभण्डारीले बताए। संसदमा प्रस्ताव गरेर मात्र आफू चुप लागेर नसेबको उल्लेख गर्दै राजभण्डारीले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४मा अभियान शुरु गरेको बताए। 

नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेका राजभण्डारी क्रियाशिल रहेको काठमाडौं ४का कांग्रेस कार्यकर्ताहरुमार्फत अभियान शुरु गरेका छन्। अभियानको पहिलो दिन राजभण्डारीले मण्डीखाटारमा क्षेत्र नम्वर ४ प्रदेश (ख) का कांग्रेस कार्यकर्ता मार्फत अभियान शुरु गरेका हुन्। काग्रेस कार्यकर्ता मार्फत अभियान शुरु गरे पनि त्यस मार्फत यूवाहरुलाई जागृत गर्ने अभियानको उद्धेश्य रहेको उनले बताए। 

सोमबारबाट शुरु भको अभियान नेपाली कांग्रेस क्षेत्र नम्वर ४ प्रदेश (ख) का अध्यक्ष विनोद चालिसेको अध्यक्षतामा भएको थियो। अभियान अन्तर्गतको कोरोना विरुद्धको दोस्रो जागरण कार्यक्रम मंगलवार बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ९मा केन्द्रीत हुनेछ भने बुधवार क्षेत्र नम्वर ४ प्रदेश (क) मा केन्द्रीत हुनेछ। 

राजभण्डारीले पार्टीका नेता कार्यकर्ता मार्फत मात्र नभइ क्षत्रमा रहेका दुई ठूला अस्पतालहरु ह्याम्स अस्पताल र उपेन्द्र देवकोटा न्यूरो अस्पतालसँग पनि कोरोना बिरुद्धको अभियानमा सहकार्य कसरी गर्न सकिन्छ भनेर जनप्रतिनिधीको हैसियतले छलफल गरेका छन्। 

छलफलमा दुवै अस्पतालका संचालक तथा अधिकारीहरुले कोरोना संक्रमित भएर अस्पतालमा कोहि विरामी भएर आए नीजि अस्पताल भए पनि सरकारको फ्रेमवर्कभित्र रहि विरामीको उपचारमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको राजभण्डारीले जानकारी दिए। 

राजभण्डारी संसदमा यसअघी सोहि क्षेत्रका सांसद गगन थापाले संसदमा पेश गरेको कोरोना भाइरस बिरुद्ध जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थक पनि थिए। उनले संसदमा कोरोना भाइरसको संक्रमण हुन नदिन र भइहाले अपनाउनु पर्ने उपचारका बिषयमा पटक पटक आवाज उठाउँदै आएका छन्।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ