arrow

इसेवाबाट निशुल्क बैंकमा रकम पठाउन सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७६ चैत ७ शुक्रबार
01.jpg

काठमाडौ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । कम्पनीले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागि लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको छ । 

इसेवामार्फत इसेवा खातामै (पि टु पी ट्रान्स्फर ) गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक  ट्रान्सफर पनि निशुल्क बनाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताउदै यस सुविधाले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने विश्वास व्यक्त गरे । 

कम्पनीले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ