arrow

कोरोना विरुद्धको अभियानमा दिव्यमणी संसदमा झैं सक्रिय, घरमै राखे उपत्यकाका सांसदको बैठक

सामाजिक दूरी कायम राख्दै अबको अभियान सूचना प्रविधिको माध्यमबाट

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
corona-divyamani-campaign.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध निरन्तर जनचेतना अभियानमा सक्रिय सांसद दिव्यमणि राजभण्डारीले उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक गरेका छन् । 

मण्डिखाटारस्थित दिव्यमणिकै निवासमा आयोजित छलफलमा उपत्यकाका सांसद तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व उपप्रधानमन्त्री तथा सांसद प्रकाशमान सिंह, पूर्व मन्त्रीहरू तथा सांसद पम्फा भुषाल, गगन थापा, भीमसेनदास प्रधान, मुकुन्द न्यौपाने, राजन केसी, सांसदहरु सशी श्रेष्ठ, नवराज सिलवाल लगायत सहभागी थिए ।

संसदमा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापासँग मिलेर कोरोना भाइरस सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव राखेका उनले संसद स्थगित गरी सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जनचेतना जगाउने काममा लगाउने प्रस्ताव गरेका थिए । 

त्यसयता उनी आफ्नो निर्वाचन क्षेत्र रहेको काठमाडौं ४ मा नेपाली कांग्रेसका कार्यकर्ता मार्फत जनचेतना जगाउने काममा लाग्दै आएका छन् ।

उपत्यकाका सांसदहरुको पनि कोरोना विरुद्धको अभियानमा साझा धारणा बनाउन तथा आफ्नो क्षेत्रमा गरिएका कामको बारेमा जानकारी आदानप्रदान गर्न बैठक गरिएको दिव्यमणिले बताए । 

कोरोना विरुद्धको पहलकदमीको लागि सबैले सांसद दिब्यमणिलाई धन्यवाद दिएका थिए । 

करिव ३ घण्टा चलेको छलफलको निस्कर्ष सुझावको रुपमा सरकारलाई हस्तान्तरण गरिने छलफलमा सहभागी सांसद शशी श्रेष्ठले बताइन् । 

आपतकालीन परिस्थिति आइहाले काठमाडौं लगायत सघन जनघनत्व भएका शहरहरु उच्च जोखिममा पर्ने भन्दै तत्काल परिस्थितिलाई सहज बनाउन तयारी थाल्नु पर्नेमा सबै सांसदहरुको जोड थियो । 

कुनै पार्टीगत स्वार्थ नहेरी समग्र प्रकृति र मानवतावादी सोच लिएर यस महामारी विरुद्धको लडाईमा एक हुने पहल अन्तर्गत बैठक गरिएको सांसद दिब्यमणिले बताए ।

कोरानाबाट बच्ने प्रमुख उपाय सामाजिक दूरी कायम गर्नु भएकोले खुल्ला भेटघाट सहितको सचेतना कार्यक्रम हाललाई स्थगित गर्दै अब सुचना–प्रविधिको उपयोग गरेर सचेतना कार्यक्रम अघि बढाउन सक्रिय हुने दिव्यमणिले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ