arrow

कोरोना बिरुद्धको राहत कोषमा कांग्रेस सांसद दिव्यमणीले ५ लाख दिने घोषणा

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
dibya-rajbhandari.JPG

काठमाडौं। सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार एवं अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न खडा गरेको केन्द्रीय राहत कोषमा सांसद दिव्यमणी राजभण्डारीले ५ लाख दिने घोषणा गरेका छन्। 

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो। सरकारले सो कोष घोषणा गरे लगत्तै सो कोषमा सहयोगको लागि आग्रह समेत गरेको थियो।सरकारको आग्रह लगत्तै काठमाडौं क्षेत्र नम्वर ४बाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद राजभण्डारीले ५ लाख रुपैयाँ सो कोषमा प्रदान गर्ने घोषणा गरेका हुन्। मन्त्रीहरुले सो कोषमा एक महिनाको तलब दिने निर्णय समेत बैठकले गरेको थियो। 

कोषमा ५ लाख दिने घोषणाको बारेमा हाम्राकुरालाई जानकारी दिदै राजभण्डारीले कोरोना भाइरस बिरुद्ध लड्ने सरकार तथा नागरिकस्तरको सामुहिक प्रयासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने ठानी ऐक्यवद्धता जनाएको बताए। उनले सबै तह र तप्कालाई यो कोषमा सहयोग गरि कोरोना विरूद्ध लड्न आग्रह गरेका छन्।

कोरोना भाइरस विरुद्ध निरन्तर जनचेतना अभियानमा सक्रिय सांसद दिव्यमणि राजभण्डारीले उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक समेत गरि सरकारलाई सुझाव समेत दिने कार्यक्रम गरेका थिए। उनले मण्डिखाटारस्थित आफ्नै निवासमा छलफल राखेका थिए।

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापासँग मिलेर संसदमा कोरोना भाइरस सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव राखेका थिए। उनले संसद स्थगित गरी सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जनचेतना जगाउने काममा लगाउने प्रस्ताव गरेका थिए । 

त्यसयता उनी आफ्नो निर्वाचन क्षेत्र रहेको काठमाडौं ४ मा नेपाली कांग्रेसका कार्यकर्ता मार्फत जनचेतना जगाउने काममा लाग्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ