arrow

बजेटमा भार नपार्ने गरि आर्थिक प्याकेज ल्याउन सांसद दिव्यमणीको प्रस्ताव

logo
प्रकाशित २०७६ चैत १३ बिहिबार
dibya-rajbhandari.JPG

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद दिव्यमणी राजभण्डारीले अर्थतन्त्र अवरुद्ध भएको अहिलेको विषम परिस्थितिमा सवै क्षेत्रलाई राहत हुने गरी आर्थिक प्याकेजको घोषणा अविलम्व गर्न माग गरेका छन्। 

सांसद राजभण्डारीले विशेष गरी दैनिक मजदुरी गर्ने, गरिवीको रेखामुनि रहेका, आर्थिक रुपले विपन्न परिवारहरुको दैनिक जीवन यापन कष्टमय हुँदै गएकोले यस्ता समुदायलाई तत्कालै नगद राहत प्रदान गर्न माग गरेका हुन्। 

नेपाल सरकारको वजेटमा भार नपार्ने गरि सामाजिक सुरक्षा कोषको रकम, बुढी गण्डकी जलविधुत आयोजना निर्माणको लागि लगाईएको पेट्रोलियम पदार्थमाथिको थप रकमको कोष र प्रधानमन्त्री दैवी प्रकोप नियन्त्रण र राेजगार कोषको रकम खर्चिएर राहतको कार्यक्रम ल्याउन राजभण्डारीको माग गरेका हुन्।

नेपाली कांग्रेसका  सभापति शेर वहादुर देउवाले निम्न आय भएका व्यक्तिहरुलाई विशेष राहत प्याकेज घाेषणा गर्न सकारलाई अनुराेध गर्नुभएकाे स्मरण गराउँदै सांसद राजभण्डारीले सो प्रस्ताव गरेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ