arrow

कांग्रेस सांसद मोहन आचार्यले बनाए आफ्नै घरमा २१ बेडको क्वारेन्टाइन

logo
प्रकाशित २०७६ चैत १३ बिहिबार
mohan-acharya-residence-ras.gif

रसुवा। नेपाली काँग्रेसको तर्फबाट रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद मोहन आचार्यले उत्तरगया गाउँपालिका वडा नम्वर ५ लहरेपौवामा रहेको आफ्नो घर क्वारेन्टाईनका लागि उपलब्ध गराएका छन् । 

कोरोना भाईरसको संक्रमणबाट रसुवाबासी नागरिकलाई जोगाउन स्थानीय तहसँग मिलेर संयुक्त प्रयास गरिरहेका सांसद आचार्यको घरमा बिहिबारबाट २१ बेडको क्वारेन्टाईन तयार भएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्रराज लम्सालले जानकारी दिएका छन् । 

लम्सालका अनुसार गाउँपालिकाले लहरेपौवाको अतिरिक्त वडा नम्वर २ को डाँडागाउँमा पनि १५ बेडको क्वारेन्टाईन तयार गरेको छ ।

कोरोना भाइरस शुरु भएको चीनसँगको दुई नाका खुल्ला गर्ने सरकारी निर्णयसँगै रसुवामा सतर्कता भने कायम गरिएको छ। 

क्वारेन्टाइनका लागि घर उपलव्ध गराएका सांसद आचार्यले कोरोना भाइरसबाट बच्न सबैलाई सामाजिक दुरी कायम राख्न आग्रह समेत गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ