arrow

आइएमई पेले ल्यायो नयाँ योजना, अहिलेको परिस्थितिमा उत्तम उपाय

logo
प्रकाशित २०७६ चैत १५ शनिबार
ime-supperman.jpg

काठमाडौं। आइएमई पेले नयाँ योजना ल्याएको छ । अहिले कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त पारिरहेका अवस्थामा यो रोग रुपैयाँका नोटबाट पनि सर्ने खतरा हुने भएकाले त्यसको उन्मुक्ति दिलाउँदै आइएमई पेले डिजिटल मनी  ट्रान्सफर र भुक्तानी योजना ल्याएको हो । 

आइएमई ग्रुपले प्रेस विज्ञप्ति जारी गर्दै ‘आइएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत् ‘ चार गुण सशक्त ’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको जनाएको छ । हालका लागि ‘आइएमई पे’ मोबाइल वालेट खातामा निम्न सुविधाहरू हाल प्रस्तुत गरिएको पनि आइएमई ग्रुपले जनाएको छः 

१, वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा– 
आइएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुले यो योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरि ४ प्रतिशत ब्याज पाउने छन् । यसका लागि सेवाग्राहीहरुले वालेटमा रु. १००० को न्यूनतम ब्यालेन्स राख्नु पर्नेछ । 

आइएमई ग्रुपले भनेको छ, ‘अब सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिटान्स थिची सजिलै मोबाइलमा प्राप्त गर्न सक्नुहुनेछ । साथै देशभरिका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिन्छ । यसका अतिरिक्त ग्लोबल आइएमई बैक लगायत अन्य विभिन्न बैंकहरुबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘बैंक बाट वा बैंकमा रकम ट्रान्सफर गर्दा हाल कुनै शुल्क लाग्दैन । आइएमई पे वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने छन् ।’ 

२, टप–अप अर्थात् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याकको सुविधा –

आइएमईले भनेको छ, ‘यो योजना अनुसार, आइएमई पे वालेट प्रयोग गरि सेवाग्राहीहरूले नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलको टप–अप अर्थात् रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यसब्यक प्रदान गर्ने छ्र ।’

हाल नेपाल टेलिकमले १०० प्रतिशत टक–टाइम बोनस र एनसेलले ५० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेका छन् । 

३, ५०० रिवार्ड पोइन्टस्को सुविधा :–
आइएमईले यो योजना अनुसार कुनैपनि आइएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आइएमई पे वालेट डाउनलोड़ गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउने जनाएको छ । 

आइएमईले भनेको छ, ‘रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिन्छ ।’ 

४, सजिलो, भरपर्दो र छरितो क्यास आउटको सुविधा –
आइएइईले ग्राहकको स्वास्थ्यको ख्याल गर्दै भनेको छ, ‘हाल विश्वव्यापी कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा आइएमई पे सबैलाई डिजिटल भुक्तानी र मनी ट्रान्सफर गरी आफ्नो अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्न अनुरोध गर्न चाहन्छ ।’

आइएमई ग्रुप अगाडि भन्छ, ‘सेवाग्रहीहरुको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एप मार्फत नै भुक्तानी तथा मनि ट्रान्सफर गरि सजिलो, भरपर्दो र छरितो सेवा लिन सक्ने सुबिधा ल्याएको छ ।’

आइएमईले विज्ञप्तिमा अगाडि लेखेको छ, ‘देशको स्थिति सामान्य हुदै गएपछि नगदको आवश्यकता परेमा देसभारिका कुनै पनि नजिकको एजेन्टबाट वालेटको रकम निशुल्क निकाल्न पनि सकिन्छ । यो सुविधाले बाहिर नगई घरैबाट सेवाग्राहीहरुको आवश्यकता पुरा गर्न सहयोग पग्ने विश्वास छ ।’ 

कस्तो हो आइएमई डिजिटल सोलुसन लिमिटेड ? 
विज्ञप्तिमा यसरी वर्णन गरिएको छ – 
झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे ’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ । आईएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। पुनश्च :– थप जानकारीका लागि कृपया क्लिक गर्नुहोस् http://www.imegroup.com.np/?page_id=47



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ