arrow

शालको पात टिप्नेको कथा : ७० वर्षको उमेरमा नेपाली नागरिकता

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ वैशाख १३ सोमबार
Distirct-administration-Office-Morang.jpg.jpeg
विराटनगर । मोरंङकी एक महिलाले ७० वर्षछी नेपाली नागरिकता पाएकी छिन् । केरावारी–५ की विमाया तामांङको नागरिकता पाएपछी खुसीको सीमा रहेन । यद्यपि, विमायाले नागरिकता पाउन ६८ वर्षको उमेरमा अर्को विहे आत्मसात गर्नु पर्‍याे ।   दुईवर्ष अघि केरावारी–५ का ७२ वर्षीय ज्ञानवहादुर पाण्डेसंग विवाह गरेपछी विमायालाई नागरिकता पाउनेबाटो खुल्यो । शालको पात विक्रि गरेर जीवन गुजारा गर्दै आएको विमाया दम्पती नागरिकता पाएपछी निकै खुसी भएको छ । 
 
जिल्ला प्रशासन कार्यालय मोरंङबाट नागरिकता पाएपछी विमायाले खुसी हुँदै भनिन्,  ‘ढिलै भएपनी नेपाली नागरिक भएको छु ।’ प्रशासनले २ हजार २ सालको जन्म मिति कायम गरेर विमायालाई नागरिकता प्रदान गरेको खरिदार टेकबहादुर श्रेष्ठले बताए । श्रीमान ज्ञानवहादुर पाण्डेको नागरिकतालाई आधार मानेर विमायालाई नागरिकता दिइएको श्रेष्ठले बताए ।  
 
विमाया पाण्डेकी तेश्रो श्रीमती हुन् । पहिलो श्रीमानले छाडेपछी विमायाले पाण्डेसंग विवाह गरेकी हुन् । अति विपन्न वर्गका दुवै दम्पती जंगलमा गएर सालको पात टिपेर हाटबजारमा विक्रिगरी जीवन चलाउँदै आएका छन् । जिल्ला प्रशासनमा यति धेरै उमेरमा नागरिकता बनाउन आउनेको संख्या न्यून रहेको श्रेष्ठको भनाई छ । वर्षमा यस्तो उमेर ढल्केका हरु विरलै आउँने श्रेष्ठले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ