arrow

मेगा बैंकबाट प्रदेश नम्बर १ र २ लाई ५–५ लाख रुपैंया सहयोग हस्तान्तरण

logo
प्रकाशित २०७६ चैत २२ शनिबार
mega-bank-province-1-2.jpg

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश नम्बर १ र २ लाई सहयोग रकम हस्तान्तरण गरेको छ। मेगा बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लाई ५–५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो। मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे। यसैगरी, मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेक यादवले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे।

मेगा बैंक सञ्चालक समितिको निर्णय अनुसार, कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको हो। मेगा बैंकले केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ