arrow

मेगा बैंकबाट सातै प्रदेशलाई ५–५ लाख हस्तान्तरण

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
mega-bank.jpg

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि नेपालका ७ वटै प्रदेशलाई ५–५ लाख रुपैंया हस्तान्तरण गरेको छ।

६ वटै प्रदेशमा रकम हस्तान्तरण गरिसकेको मेगा बैंकले पछिल्लोपटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण गरेको छ। मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे।

मेगा बैंक संचालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५–५ लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो। यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ