arrow

प्रभु बैंकद्वारा खार्पुनाथको बिपद कोषमा ५० हजार सहयोग

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
corona-humla-prabhu.jpg

हुम्ला। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि खार्पुनाथ गाउपालिकाले स्थापना गरेको पालिका स्तरीय बिपद ब्यबस्थापन कोषमा प्रभु बैंक खार्पुनाथ शाखाले ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

प्रभु बैंक खार्पुनाथ शाखाका प्रमुख लोकेन्द्रबहादुर शाहीले खार्पुनाथ गाउपालिकाका अध्यक्ष कर्णबहादुर रावललाई प्रभु बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार रुपैयाँको चेक प्रभु बैक शाखा कार्यालय याङचु बजार खार्पुनाथमा बिहिवार पालिकाका कर्मचारी र बैकका कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरि हस्तान्तरण गरेका हुन।

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलको संयोजकत्वमा १९ सदसीय पालिकास्तरीय बिपत ब्यबस्थापन समिति गठन गरिएको छ । इतिहासमा बिरलै आइपर्ने यस्ता महामारी र घनघोर संकटसँग हामी सबै पालिकाबासी एकजुट भएर जुझ्नु पर्ने अबस्था आएको बेला हामी सबै मिलेर लाग्नुपर्ने अबस्था आएको पालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ