आइएमई पेको साँगीतिक कार्यक्रम आइतवार साँझ घरबाट नै लाइभ हेर्न सकिने
प्रकाशित २०७६ चैत ३० आइतबार
902
Shares
काठमाडौं। आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम २०७६ सालको अन्तिम दिन अर्थात २०७६ साल चैत ३० गते आइतवार साँझ छ बजेदेखि नौ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुने आइएमईले बिज्ञप्ती मार्फत जनाएको छ ।
प्रत्यक्ष प्रसारणमा कलाकारहरू शिरीष दली र बर्तिका एअम राईले ‘घरमै सुरक्षित बसौँ’ भन्ने सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ बर्ष २०७७ लाई स्वागत गर्ने कम्पनीले जनाएको छ । कार्यक्रममा मिस नेपाल २०१७ निकिता चन्दकले वार्तालाप गरी सामाजिक सन्देशको प्रवद्र्घन गर्ने पनि आइएमईले जनाएको छ ।