arrow

३४ यात्रु बोकेर दिल्ली उड्यो नेपाल एयरलाइन्स

logo
रासस,
प्रकाशित २०७७ वैशाख २ मंगलबार
airport.jpg.jpeg

काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाजले ३४ ब्रजिलका नागरिक लिएर नयाँ दिल्ली उडेको छ। न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत नेपालमा रोकिएका ब्रजिलका नागरिकलाई लिएर नयाँ दिल्ली गन्तव्यमा उडान भरेको निगमले जनाएको हो।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दिउँसो नयाँ दिल्ली गएको जहाज आज साँझ ५ बजे स्वदेश फर्कने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। निगमको वाइडबडी जहाजले चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा कार्गो उडान गर्ने तयारी गरिरहेको छ।

यसअघि चैत २८ गते ग्वाङ्जाओ उड्ने कार्यतालिका रहे पनि अन्तिम समयमा आएर उडान स्थगन गरिएको थियो। चीनबाट मेडिकल सामग्री ल्याउन व्यवसायीले वाइड बडी जहाज चार्टर्ड गरेका थिए। अन्तिम समयमा व्यवसायिकै कारण निगमले उडान रोक्नुपरेको थियो।

लकडाउनको अवधिमा निगमको अन्तरराष्ट्रिय उडान सर्वाधिक भएका छन्। सबैभन्दा बढी उडान गर्ने कतार एयरवेजको १० उडानपछि निगम दोस्रो स्थानमा छ। निगमले यो अवधिमा पाँच वटा अन्तरराष्ट्रिय उडान भरेको छ। यीमध्ये दुई तीन उद्धार उडान र दुई कार्गो उडान हुन्।

निगमको वाइड बढीले चैत १६ गते चीनको ग्वाङ्जाओबाट कोडिभ–१९ को १३ हजार केजी मेडिकल सामग्री ल्याएको थियो। त्यस्तै चैत २० गते कोडिभ–१९ को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको वाइड बडी जहाज ग्वाङ्जाओ उडउडेको थियो।

त्यसैगरी चैत १९ गते निगमको वाइड बडी जहाज चार्टर्ड उडानमार्फत अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुँदै अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको थियो।

चैत २८ गते पनि निगमको वाइड बडी जहाजले जापानको नारिता अन्तरराष्ट्रिय विमानस्थलमा सिधा उडान भरेको थियो। जापान सरकारले निगमको वाइड बडी चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश लगेको थियो। वाइड बडी ए–३३० दुई र न्यारोबडी ए—३२० सिरिजको दुई थान जहाजबाट निगमले भारतका तीनसहित नौ गन्तब्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ