arrow

नहरमा डुवेर बालकको मृत्यु

logo
रासस,
प्रकाशित २०७७ वैशाख २ मंगलबार
child-death-sink-pond.jpg

इनरुवा। सुनसरीको दुहवी नगरपालिका–७ स्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङग रङगेली नगरपालिका २ घर भई दुहवी ७ मा रहेको एवीआइ इँट्टाभट्टामा काम गर्ने सुरज ऋषिदेवको ८ बर्षीय छोरा करण ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

आमासँगै नहरमा नुहाउनका लागि गएका बेला अचानक पानीमा डुवेर गम्भीर घाईते भएकोमा ती बालकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा  सोमबार मृत्यु भएको सुनसरीका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ