arrow

कोरोनाको महामारीबारे पत्रकार महासङ्घद्धारा डिजिटल संवाद

logo
प्रकाशित २०७७ वैशाख ३ बुधबार
FNJ_building.jpeg

काठमाडौं । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजना र महासङ्घको डिजिटल मिडिया समितिको संयोजनमा कोरोना भारइस महामारीका सन्दर्भमा डिजिटल संवाद आयोजना गरेको छ । 

संवाद कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीमा पत्रकार अग्रपङ्क्तिमा काम गर्नुपर्ने भएकाले उच्च जोखिममा रहेको बताए । 

उनले अहिलेको विषम परिस्थितिमा पत्रकारले सत्यतथ्यमा आधारित रहेर जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताउँदै सञ्चार क्षेत्रलाई विशेष राहत प्याकेज घोेषणा गर्न सरकारसँग मागसमेत गरे ।

डिजिटल संवादमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारकर्मीलाई आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गरे । 

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले सङ्कटका बेला पत्रकार पारिश्रमिकबाट वञ्चित भएको छ भन्दै श्रमजीवी पत्रकार थप समस्यामा परेको बताए । 

महासङ्घका पूर्वसभापतिद्वय डा सुरेश आचार्य र पूर्वअध्यक्ष शिव गाउँले, महासङ्घका महासचिव रमेश विष्ट, प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहाल, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, महासङ्घका प्रदेश अध्यक्ष एवं उपाध्यक्षहरु, अनलाइन पत्रकार सङ्घका पूर्वअध्यक्षलगायतले संवादमा धारणा राखेको महासङ्घले जनाएको छ । 

यसैगरी संवाद कार्यक्रममा महासङ्घका प्रदेश समितिका अध्यक्षले आआफ्नो प्रदेशको पत्रकारिता अवस्थाको बारेमा जानकारी गराएका थिए भने महासचिव विष्टले महासङ्घले सञ्चारगृहमा गरेको स्थलगत अनुगमन प्रतिवेदन प्रस्तुत गरेका थिए । 

महासङ्घका सचिव प्रकाश थापाले डिजिटल संवादमा मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए । महासङ्घको डिजिटल मिडिया समितिको संयोजक लेखनाथ न्यौपानेले कार्यक्रमको संयोजन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ