arrow

जब कोरोनाले सबैभन्दा प्रभावित अमेरिकाबाट कान्छाले भने ‘बाँचे भेटौंला’ 

सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको पहिलो भिडियो कन्फरेन्स, नेविसंघ महामन्त्री तिलम्सिनाद्धारा विद्यार्थीलाई विशेष प्याकेज ल्याउन सरकारसंग माग

logo
प्रकाशित २०७७ वैशाख ३ बुधबार

काठमाडौं । कोरोना भाइरसपछि विश्व आक्रान्त भइरहँदा नेपाल पनि अछुतो छैन । कोरोनाका कारण मुलुक बन्दबन्दीमा रहेको २३ दिन हुँदा नेपालीहरुको नयाँ बर्ष २०७७ को थालनी उत्साहजन हुन सकेन । 

शुभकामना आदान प्रदानसम्म गर्न पनि कठिन भएको अवस्था छ।  घरैभित्र बसेर सारा कुरालाई थाँती राखेर बस्नु पर्दाको अवस्था शायदै नेपालीले यो भन्दा पहिला भोगेको होलान् ।

त्यसो हुँदा टेक्नोलोजी, इन्टरनेट, कम्प्युटर र अनलाइन प्ल्याटफर्म र सफ्टवेयरहरु जस्तो भिडियोटेलफोन, भिडियो कन्फेरेनस र वेबिनारहरुको उपयोग नै अहिलेको लागि सुरक्षित र भरपर्दो संचार माध्यमको विधि बनेको छ। 

यिनै सन्दर्भमा नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले भिडियो कन्फेरेन्स गरी बैशाख १ गतेको दिन २ घण्टा लगाएर शुभकामना आदानप्रदान गर्ने र अहिले नेपालले भोगिरहेको कोरोना संक्रमणको रोकथाम र जोखिम व्यवस्थापन बारे छलफल र अन्तरक्रिया गरेको थियो। 

सम्भवतः जिल्लामा यसरी कुनै राजनीतिक पार्टीकोहरुको वेबिनारको प्रयोगबाट डिस्टेन्स अनलाईन मिटिङ भएको यो पहिलो हुनुपर्छ। 

यदि अब बन्दाबंदीको अवस्था लम्बिरहने हो भने यसरि भर्चुअल प्लेटफर्मको खोजि र उपयोग सबै क्षेत्रको लागि केहि समय अनिवार्य र अपरिहार्य हुने छ। 

प्रतिनिधिसभाको संसदले पनि भर्चुअल प्लेटफर्मको खोजि गरिरहेको विभिन्न समाचार माध्यम बाट हामीले हालचालै पढ्न पनि पाएका छौं।  

५० जना भन्दा धेरैले निमन्त्रणा गरिएको भए त पनि करिब २० जना जति नेपाल कांग्रेस सिन्धुपाल्चोक जिल्लाका विभिन्न तह र तप्कामा रहेका नेता र जिम्मेवार व्यक्तिहरुको उपस्थिति थियो।  

सिन्धुपाल्चोक जिल्लाका नेका सभपाति बिकास लामाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रदेशस् ३ प्रदेश सांसद निमा लामा, इन्द्राबती गापाका अध्यक्ष बंसलाल तामाङ्ग, नेविसंघ महामन्त्री बलदेव तिमल्सिना, ट्रेड युनियन केन्द्रिय सदस्य बलदेव तामांग, मेलम्ची नगरपालिका वडा ३ का वडा अध्यक्ष बसन्त गुरुङ, हेलम्बु महिला संजालका अध्यक्ष रोशिनी अधिकारी लामा, मेलम्ची भ्याली क्याम्पसका क्याम्पस चिफ बिषम  लामिछाने  लगायत  पार्टीका जिल्ला समिति सदस्य, भ्रातृ तथा शभेच्छुक संस्था तथा स्थानीय तहका पदाधिकारीको तथा अगुवा कार्यकर्ताको सहभागिता थियो।

समय फरकको टाइम डिस्टेन्स बाबजुद पनि अमेरिकाबाट सिन्धुपाल्चोक कांग्रेसका पुरानो नेता तथा पुर्व प्रतिनिधिसभाका उम्मेदवर कान्छा लामाको पनि  उपस्थिति थियो। 

शुभकामना आदानप्रदान दिने क्रममा विभिन्न वक्ताहरुले कोभिड–१९ लक्षित आफ्ना धारणा दिएका थिए। जसमा इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले पार्टीले आफूसित स्थानीय तहमा गरेका गतिविधिबारे बारे  जानकारी लिएको बताए । उनले कोरोनाको जोखिम हुन नदिन गाउँपालिकाले उच्च प्राथमिकताका साथ काम गरेको बताए । 

अन्तक्र्रियामा सहभागी बागमती प्रदेशका सांसद निमा लामाले कोरोना भाइरस जोखिम हुन नदिन भएका प्रयास, अपनाउनुपर्ने सावधानी, अलपत्र परेका मजदूरको उद्धार र राहत मुख्यरुपमा छलफल भएको बताए ।

 त्यस्तै नेविसंघ महामन्त्रीले विधार्थीहरुलाई सरकारले विशेष राहतको प्याकेज ल्याउनु पर्ने माग गरेका थिए । अब हाम्रा शैक्षिक संस्थाहरु इ–लर्निङ तथा अन्य उपलब्ध माध्यम मार्फत अध्ययन र अध्यापन तिर ध्यान दिनुपर्ने र त्यस अनुसार पाठ्यक्रम र पुस्तकहरु पनि तयार गरिनु पर्ने उनले उल्लेख गरे  

त्यस्तैगरी धेरै अप्ठ्यारोमा परेका ज्याला गरि खाने मजदुरहरुको हक, हित र सुरक्षाको लागि थप सहयोगको नीति अबिलम्बन गर्नु पर्ने माग ट्रेड युनियनका केन्द्रिय सदस्य बलदेव तामाङ्गले माग राखे । 

 त्यस्तै हेलम्बुबाट महिला संजालको अध्यक्ष रोशिनी अधिकारी लामाले स्थानिय जनताको ज्यान र सुरक्षा नै जोखिममा पर्ने गरि मेलम्ची खाने पानी आयोजना सुचारु भएको मा गुनासो पोख्दै सम्बन्धित ठाउँमा पहल भैरहेको जानकारी गराए । 

जिल्ला सभापति विकाश लामाले फ्रन्ट लाइनमा खटिएका सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अन्यफस्ट रेस्पोन्डरलाई आभार व्यक्त गर्दै सरकारले बन्दाबन्दी पछिको अवस्था कस्तो हुने भनि सरकार समक्ष प्रश्न राखेका थिए ।

अमेरिकाबाट कान्छा लामाले भावुक हुँदै उता भयावह अवस्थामा भए पनि यताका सबै साथीहरुलाई सुरक्षित रहन अपिल गर्दै ‘बाँचे भेटौंला’ भने । 

कार्यक्रमको शुरुवातिमा प्रधानमन्त्रीको देशव्यापी अपिललाई साथ दिंदै राष्ट्रगान गाएको थियो र लगतै पछि १ मिनट तालि बजाएर कोरोन बिरुद्ध लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, फोहोर महिला व्याबस्थापक, ढुवानी तथा आपूर्ति र अन्यफस्ट रेस्पोन्डरलाई सम्मान व्यक्त गरेको थियो। 

यो पहिलो वेबिनारको समायोजन, संचालन र सहजीकरण कांग्रेस महासमिति सदस्य जिमी लामाले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ