arrow

लकडाउनमा सिन्धुलीबाट चार दिन हिँडेर बुटवल आए २२ मजदुर

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख ३ बुधबार
majdur3.jpg

रुपन्देही । दैनिक मजदुरीका लागि सिन्धुलीको हकपारामा निर्माणाधिन सडकको नाली वनाउनका लागि त्यहाँ पुगेका वर्दियाका २२ जना मजदुरहरु ४ दिन पैदल यात्रा गरी प्रदेश–अस्थायी मुकाम बुटवल आईपुगेका छन् । चार दिन पैदल हिँडेर बुटवल आईपुगेका उनीहरुलाई सरकारले लकडाउनको घोषणा गरेपछि खानपिनको समस्यामा परेपछि आफुहरु वाध्य भएर हिँडेरै भएपनि घर जाने निधोका साथ हिँडेको मजदुर मान वहादुर चौधरीले वताए ।

जिल्लाको सुचनासंगै निर्देशनलाई पालना गर्दै दिउँसो साढे २ वजे बुटवल आईपुगेका उनीहरुको खानपिन र उद्धारका लागि लाईन्स क्लव अफ बुटवल युथका प्रतिनिधि मनमोहन लाल गुवाजु त्यहाँ पुगेका  थिए। मजदुरहरुको उद्धारका लागि गुवाजुले बुटवल उप–महानगरपालिका वडा नं.१ का वडाध्यक्ष महेन्द्र लिगललाई जानकारी गराएको र वडा अध्यक्ष लिगलका अनुरसार आफुले यस विषयलाई बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीलाई जानकारी गराएको जानकारी दिएका छन् ।

यसैविच यता लाईन्स क्लव अफ बुटवल युथको पहलमा प्रदेश नं ५ भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उनीहरुलाई भेटेर सुरक्षित रुपमा घर सम्म पुर्‍याउने व्यवस्था गर्ने प्रतिवद्धता जनाएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ