arrow

कोरोनाको आशंका गरिएका ४ सय ३९ मध्ये २ सय ३२ जनाको रिपोर्ट नेगेटिभ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख ३ बुधबार
covid-test-corona.jpg

धनुषा । प्रदेश नम्बर दुईमा मंगलवार रातीसम्म चार सय ३९ जना कोरोना भाइरस शंकास्पदको गरिएको स्वाव परिक्षणमा २ सय ३२ जनाको रिपोर्ट  नेगेटिभ आएको छ भने २ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

प्रदेश नम्बर दुई मा चैत २१ गतेबाट सुरु गरिएको ल्याबमा सप्तरीबाट २४, सिरहा ५५, धनुषा ८७, महोत्तरी १०, सर्लाही १, रौतहट १ सय १५, बारा १८, पर्सा १ सय १९ जनाको स्वाब परिक्षण गरिएका हुन् ।

ती मध्ये सप्तरीबाट २४, सिरहा २७, धनुषा ६६, महोत्तरी १०, सर्लाही १, रौतहट ७१, बारा १० र पर्साका २३ जनाको रिपोर्ट  नेगेटिभ आएको हो।

यी जम्मा स्वाव परिक्षण मध्ये २ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर दुईका निर्देशक हरिचन्द्र साहले जानकारी दिए। 

मंगलवार मात्रै ६२ जनाको स्वाब परीक्षण गरिएको निर्देशक साह बताए । 

उस्तै प्रदेशका ८ वटै जिल्लामा १ सय ९० जनाको गरिएको आरडीटी टेस्ट सबैको रिपोर्ट  नेगेटिभ नै आएको निर्देशक साह जानकारी दिए। यी मध्ये वैशाख १गते ६५ जना र २ गते  १२५ जनाको आरडीटी परिक्षण गरिएका छन ।

प्रदेश नम्बर दुई मा कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार २ सय ९५ बेड सहितको १ सय ६१ वटा क्वारेन्टाइनमा ७८ जना महिला र ७ सय ५५ जना पुरुष गरि जम्मा ८ सय ३५ जना शंकास्पद व्यक्तिलाई राखिएको निर्देशक साहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ