काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसदहरुले १५ दिनको तलब दिने भएका छन् ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि प्रदेशले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पार्टीका प्रदेश सांसदहरुले १५ दिनको तलब दिने भएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बागमति प्रदेशमा रिता माझी, रिना गुरुङ्ग, प्रदेश नं। १ मा इन्दिरा राई र कर्णाली प्रदेशमा सोशीला शाही रहेका छन् ।
माननीयजिहरुले आ-आफ्नो प्रदेश अन्तर्गत खुलेको कोरोना कोषमा रकम जम्मा गर्नुहुने राप्रपा केन्द्रिय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।