arrow

भोक्राहाको मस्जिदमा दश भारतीय भेटिए

logo
रासस,
प्रकाशित २०७७ वैशाख ३ बुधबार
sunsari.png

सुनसरी । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका–५ टपरारस्थित खतिजन कुवा मस्जिदबाट दश  जना भारतको बङ्गाली समुदायका व्यक्ति आश्रय लिएर बसेको पाइएको छ । 

 नेपाल मुस्लिम संघ प्रदेश नं १ का सभापति हाजी इसराइल मन्सुरीले सप्तरीमा भएको इज्तेमामा सहभागी हुन आएका ती जमाती भारत, पश्चिम बङ्गाल राज्यको पश्चिम मधनीपुर कोलकाता नजीकका भएको  जानकारी दिए । ती  सुनसरीका विभिन्न मस्जिदमा बस्दै आएका छन् । 

स्वास्थ्यकर्मीको टोलीले आवश्यक स्वास्थ्य परीक्षण गरी तिनलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा आवश्यक खाद्यान्न दिएर एक  कुरुवाको जिम्मा लगाइएको मन्सुरीले बताए ।

 कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि मस्जिदबाट बाहिर नजान र लकडाउनको पूर्ण पालना गर्न पनि  तिनलाई निर्देशन दिइएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ