-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । कारोना भाइरसको त्रास रहिरहँदा नेपालमा रातमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १२ः५५ बजे भूकम्प गएके हो ।
भूकम्पको केन्द्रबिन्दू सोलुखुम्बुको दूधकुन्ड हो । । ४.७ रेक्टर स्केलको उक्त भूकम्पले स्थानीयलाई त्रास बढाएको थियो ।
धेरैजसो भने रातको निद्रामा भएकाले यसबाट प्रभावित भएनन् । यसको क्षतिबारे भने कुनै जानकारी आएको छैन ।
२०७२ साल बैशाख १२ गते गएको महाभूकम्पको सचेतना बढाउँदै गर्दा फेरि भूकम्प आएको हो ।