arrow

कुवा मस्जिदमा १० बंगाली जमाती आश्रित

logo
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
corona-virus-awareness.jpg

सुनसरी । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका–५ टपरारस्थित खतिजन कुवा मस्जिदमा दश जना भारतको बङ्गाली समुदायका व्यक्ति आश्रय लिएर बसेको पाइएको छ । 

नेपाल मुस्लिम संघ प्रदेश नं १ का सभापति हाजी इसराइल मन्सुरीले सप्तरीमा भएको इज्तेमामा सहभागी हुन आएका ती जमाती भारत, पश्चिम बङ्गाल राज्यको पश्चिम मधनीपुर कोलकाता नजीकका भएको जानकारी दिए । ती  सुनसरीका विभिन्न मस्जिदमा बस्दै आएका छन् । 

स्वास्थ्यकर्मीको टोलीले आवश्यक स्वास्थ्य परीक्षण गरी तिनलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा आवश्यक खाद्यान्न दिएर एक कुरुवाको जिम्मा लगाइएको मन्सुरीले बताए ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि मस्जिदबाट बाहिर नजान र लकडाउनको पूर्ण पालना गर्न पनि तिनलाई निर्देशन दिइएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ