arrow

अझै असिना पानी, किन बिग्रियो मौसम ?

logo
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
weather11.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

हाल देशको पूर्वी र पश्चिमी भूभागका साथै मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो पनि देशभर सामान्यतया  बदली  रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन,  चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

राति पनि यो क्रम रहने महाशाखाले जनाएको छ । 

वरिष्ठ मौसमविद् राजु प्रधानांगले शुक्रबारदेखि नयाँ वायुको प्रवेश गर्ने हुनाले शुक्रबार र शनिबार सचेत रहन आग्रह गरेका छन् । 

पछिल्लो समय परेको पानीसंगै असिनाले थुप्रैको क्षति गरिसकेको छ । एकातिर देशमा लकडाउन छ भने अर्कातिर असिनाले तरकारीदेखि अन्नबालीसम्म नोक्सान गरेपछि चिन्ता बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ