arrow

राजमार्गका पैदल यात्रीको दुखेसोः सरकारको उदासिनताले नपाउनु दु:ख पाईयो 

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
yatri.jpg

रुपन्देही । सरकारले चौथो पटक थपेको लकडाउनलाई थप व्यवस्थित एंव कडाई गर्ने भनिए पनि तर सरकारले गरेको निर्णय दैनिक मजदुरी गर्नका लागि गृह जिल्ला वाट विभिन्न जिल्लाहरुमा गएका विपन्न परिवारहरु अहिले दैनिक जसो पुर्वपश्चि महेन्द्र राजमार्गमा पैदल यात्रीहरुको पीडा साँच्चिकै निकै हृदय विदारक छ ।

लामो त्यो पनि अनिश्चित लकडाउनका कारण काम गर्ने उद्योगहरु वन्द भएपछि दैनिक मजदुरीका लागि गएका कामदारहरु वेखर्ची तथा काम विहिन हुन पुग्दा उनीहरुको संग भएको खानपिन पनि वन्द भएपछि हिडेरै भएपनि घर जान हिडेको कैलालीका सुनिल चौधरीले वताए ।

काठमाण्डौं स्थित विभिन्न स्थानमा रहेका ईट्टा उद्योगहरुमा काम गर्न गएका सुनिल संग शुक्रवार (आज) ४ दिनका बुटवल आईपुगेका छन् । कैलालीको जानकी गाउँपालिका वडा नं.१ का सुनिल चौधरी भने डेरामा खाने कुरा सवै सकिए पछि वाध्य भएर घर तिर हिँडेको वताए ।

त्यस्तै पैदल यात्रा गरेर वर्दियाको ठाकुरवावा नगरपालिकाका रमेश वहादुर चौधरीको खुट्टा सुनिएर उनी लौरी टेकेर घर जाने आँटका साथ आफ्नो यात्रा तय गरिरहेका छन् । काठमाण्डौंमा घर वनाउन ठेकेदारको सहायतामा त्यहाँ पुगेका चौधरी रोगको भन्दा पीडा भोक लागेका वेला खान नपाउँदा दैनिकी निकै जटिल वन्दै गएपछि भोकले अन्यत्र मर्नु भन्दा वरु घरमा गएरै मरौंला भन्ने सोचेर पैदय यात्रालाई अंगालेको दुखेसो पोखे ।

सडकमा विभिन्न संघसंस्था एंव व्यक्तिहरुको सहकार्यमा चलाईएका सडक मेसमा खाना खाँदै हिडेको भएपनि तर घर पुग्न अझै धेरै दिन लाग्ने भएकाले घर सम्म पुग्दा वाटोमै विरामी परिने होकी भन्ने चिन्ता लाग्न थालेको उनीहरुले भनाई रहेको छ । यस्तै विहिवार (हिजो) प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोख्रेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै, भनेका छन्ः सकडमा पैदल यात्रा गरेर घर हिडिरहका मानिहरुलाई सम्वन्धित स्थानिय तहको समन्वयमा उद्धार गर्नुपर्ने जनाए पनि तर स्थानिय निकायले भने त्यस्ता व्यक्तिहरुको उद्धारमा प्रशासन वाट अवरोध हुने गरेको वताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ