arrow

लकडाउनको मौका छोपी गाई काट्ने दुईजना पक्राउ

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
pakrau-new.jpeg

झापा । लकडाउनको मौका छोपी गाई काटिरेहको अवस्थामा झापाको दमक नगरपालिका वडा नम्बर ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीबाट दुई जना पक्राउ परेका छन।

भुटानी शरणार्थी शिविर बेलडाँगी स्थित हट नम्बर २९५ सेक्टर नम्बर ए का २६ बर्षीय सुनिल गुरुङ र हट नम्बर २०८ सेक्टर नम्बर ए का ३२ बर्षीय खगेन्द्र दुलाललाई गाई काटिरहेको अवस्थामा प्रहरीले बिहिबार बेलुका पक्राउ गरेको हो ।

बिहिबार बेलुका करिब ८:१५ बजे उनिहरुले शिविरको एक छाप्रामा गाई काटिरहेको जानकारी प्रहरीलाई प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरी टोलीले दुबै जनालाई मासु काटिरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक विजय राज पण्डितले जानकारी दिएका छ्न । 

पक्राउ पर्ने ब्यक्तीहरुलाइ कारबाहीका लागि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ