arrow

चराउने क्रममा गाईले हान्यो, चन्द्रबहादुरको घटनास्थलमै मृत्यु

logo
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
cow-cry.jpg

तानसेन । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा गाईले हानेर शुक्रबार एक जनाको मृत्यु भएको छ । 

चराउन गएका बेला बाटोबाट गाईले हानेर धकेल्दा उक्त गाउँपालिकाको वडा नं ६ गोहारठाना बस्ने ५० वर्षीय चन्द्रबहादुर रासकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घर नजिकै गाईवस्तु चराउने क्रममा गाईले हानेर बाटोमुनि पुगेका रासकोटीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ