arrow

स्थानीय ‘म्यान क्याचर’ प्रयोग गर्दै प्रहरी

logo
रासस,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
ppe.jpg

दोलखा। स्थानीय स्काफोल्डरले उत्पादन गरेको ‘म्यान क्याचर’ लाई दोलखा प्रहरीले व्यक्तिगत सुरक्षा कवच (पिपिई)का रुपमा प्रयोगमा ल्याएको छ। लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिँदा कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन स्थानीयस्तरमा उत्पादन भएको ‘म्यान क्याचर’लाई चरिकोटमा प्रहरीले प्रयोगमा ल्याएको हो।

प्रहरी चौकी सातदोबाटोका प्रमुख प्रहरी सहायक निरीक्षक महेश आचार्यले उपकरण आयात गर्ने सम्भावना नभएको, समय तथा खर्च धेरै लाग्ने भएका कारण स्थानीय स्काफोल्डरलाई बनाउन लगाएर प्रयोगमा ल्याइएको जानकारी दिए। चार वटा ‘म्यान क्याचर’ मध्ये जिल्ला भित्रिने खरिढुङ्गा नाका र किर्नेटार नाकामा एक एकवटा र दुईवटा चरिकोटमा राखिने उनले बताए।

लकडाउन उल्लङ्घन गर्ने जोखिम बढेपछि नियन्त्रणमा लिन प्रहरीले स्थानीय स्काफोल्डरलाई चारवटा ‘म्यान क्याचर’ बनाउन लगाएको थियो। प्रहरीले शुरुमा लागत इष्टिमेट गरेर भीमेश्वर नगरपालिका–६, स्थित पर्शुराम ग्रील उद्योग चारवटा ‘म्यान क्याचर’ बनाउन लगाएको थियो । पछि ग्रील उद्योगले निःशुल्क रुपमा ‘म्यान क्याचर’ उपलब्ध गराएको प्रहरी सहायक निरीक्षक आचार्यले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ