arrow

दोस्रो बिहे गरेको एक हप्तापछि दम्पतीले गरे आत्महत्या

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
darchula.jpeg

दार्चुला। दार्चुलामा एक नव विवाहित दम्पतीले भीरबाट हाम फालेर आत्महत्या गरेका छन्। जिल्लाको मार्मा गाउँपालिका–१ ताकुका राजेन्द्र महर र ललिता धामीको दम्पतीले गय राती १२ : ३० बजे तिर ताकु र गुल्जर जोड्ने सुङर भीरबाट हाम फालेर आत्महत्या गरेको स्थानीय दिनेश सिंहले जानकारी दिएका छन्। 

उनका अनुसार राजेन्द्रले एक हप्ता पहिले छिमेकी गाउँकी ललिता संग दोस्रो बिहे गरेका थिए। राजेन्द्रले बिहे गरेको दिनदेखि उनकी जेठी श्रीमती घर छाडेर आफन्तसंग बसिरहेकी छिन्। राजेन्द्रले दोस्रो बिहे गरेपछि उनी लटिनाथमै बस्दै आइरहेको सिंहले बताए। जेठी श्रीमतीले दोस्रो बिहेबारे अदालतमा मुद्दा हाल्ने धम्की दिएका कारण राजेन्द्र र ललिता केही दिनदेखी तनावमा रहेका थिए। तनावकै कारण दुवै जनाले भिरबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्।

राजेन्द्रले हामफाल्नु अघि ३-४ जना स्थानीयलाई फोन गरेर अन्तिम कुराकानी भएको समेत बताएका थिए। घट्ना स्थलमा मुचुल्का तयार गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कोमल विष्टको नेतृत्वमा प्रहरी टोली घट्ना स्थल खटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ