arrow

तेह्रथुमका क्वारेन्टाइनमा रहेका एकको आरडीटी परिक्षणमा कोरोना पोजेटीभ

logo
अमृत बास्तोला,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
corona-rdt-test.jpg

तेह्रथुम । तेह्रथुमका एक युवकमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परिक्षणमा कोरोना पोजेटिभ देखिएको छ । मेन्छयायेम गाउँपालिकामा शुक्रबार भएको आरडीटी परीक्षणका क्रममा एक युवकमा नतिजा पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए । 

जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाँउपालिकास्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो ।

शुक्रबार १५ जनाको परीक्षण गरिएकोमा अन्यको नेगेटिभ रिपोर्ट आएको छ । आरडीटी पोजिटिभ देखिएका युवक स्थानीयबासी भएको बुझिएको छ । 

आरडीटी पोजिटिभ देखिए पछि जिल्ला अस्पताल तेह्रथुममा राखिएका उनको स्वाव परिक्षणको लागि कोशि अञ्चल अस्पताल विराटनगरमा पठाउने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ