arrow

नेकपाका सांसद महेश बस्नेतले मागे प्रधानमन्त्री केपी ओलीको राजिनामा !

logo
प्रकाशित २०७७ वैशाख ६ शनिबार
mahesh-basnet-pm-rajinama.gif

काठमाडौं। कोरोना संकटकै बीच प्रधानमन्त्री केपी ओलीको नेकपाका नेताहरुले नै राजीनामा माग्न थालेका छन्। 

पार्टीभित्र अन्य गुटको घेराबन्दीमा रहेका प्रधानमन्त्री ओली अब आफ्नै निकट भनिएकाहरुबाट समेत घेरावन्दीमा पर्न थालेका छन्। 

भक्तपुरबाट निर्वाचित नेकपा सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी ओलीको राजिनामा माग गरेको पर्चा फेसबुकमा राखेका छन्। उनले आन्दोलनका माग र नारा भन्दै एउटा पर्चा फेसबुकमा राखेका हुन्।

प्रधानमन्त्रीको राजिनामा मागेको पर्चा जस्तो सामग्री राखेपछि पनि पत्रकार गणेश बस्नेतले सम्पादन गर्ने जनता टाइम्सको एक समाचार सडकमा विचरा श्रमिक आधा समाचार आधा यथार्थ बस्नेतको एकाउण्टमा शेयर भएको छ। 

केहि समयदेखि वालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न नपाएको चर्चा व्यापक भएकै बीचमा पूर्व मन्त्री उल्लेख गरेको उनको फेसबुक एकाउण्टमा राखिएको पर्चामा प्रधानमन्त्रीको राजीनामा माग गरिएको छ। 

उनको अफिसियल फेसबुक पेजमा भने सरकारले गरेका कामहरुको केहि बचाउको प्रयास भएपनि उनको एकाउण्टमा भने सरकारलाई घेरावन्दी गर्ने सामग्री देखेर धेरै नेकपाका खासगरि केपी ओलीनिकट नेता कार्यकर्ताहरु आश्चर्यमा परेका छन्। बस्नेत केहि समय अघीसम्म ओली निकट भनेर चिनिन्थे।  

देश लकडाउनमा रहेका बेला संकटको व्यवस्थापनमा कमजोरी गरेको प्रधानमन्त्री ओलीले आरोप खेपिरहेका छन्। तर संकटको बेलामा भनेर विपक्षीहरुले पनि नमागेको राजिनामा ओली निकट सांसद बस्नेतको फेसबुकमा भेटिएपछि अन्य दलका नेता कार्यकर्ताबीचमा पनि यो विषयले चर्चा पाएको छ।  

संकटको बेलामा आफ्नै सांसदले राजिनामाको प्रसंग उठाएपछि कतिपय कार्यकर्ताले बस्नेतलाई सुझाव दिदै महामारीमा केपी ओलीले राजिनामा दिएर अस्थिरता निम्त्याउनु भन्दा सवै मिलेर समस्याको समाधान तिर लाग्नु वुद्दिमता हुन सक्ने सुझाव दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ