arrow

नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षको जिम्मेवारी पवन अधिकारीलाई

logo
प्रकाशित २०७७ वैशाख ६ शनिबार
pawan-adhikari-npu.jpg

इटहरी। नेपाल प्रेस युनियन सुनसरी जिल्ला कार्यसमिति अध्यक्षको जिम्मेवारी पवन अधिकारीले पाएका छन्। प्रेस युनियन सुनसरीको २०७५ कार्तीक १८ गते आइतबार सम्पन्न अधिवेशनमा अध्यक्षका प्रत्यासी धनबहादुर पुरी र पवन अधिकारीबीचमा आधा-आधा कार्यकाल बाडफाँड गर्ने सहमति भएको थियो।

पुरीले ०७५ कार्तीक १८ देखी ०७७ बैसाख ५ गते सम्मको पहिलो कार्यकालको अध्यक्षको जिम्मेवारी लिइसकेका छन्। दोस्रो कार्यकालको लागि अधिकारीले जिम्मेवारी पाउने सहमति अनुसार २०७७ साल बैसाख ६ गतेबाट स्वत: अधिकारी अध्यक्षमा चयन भएका हुन्।

अध्यक्ष चयन भएपछि अधिकारीले श्रमजीवि पत्रकारको हित र अधिकारको पक्षमा निरन्तर लागि रहने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ