arrow

बोक्सी भगाउने भन्दै बाख्रा काटेर खाने झाक्रिको मासु अड्किएर मृत्यु

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
dead2.jpg

सल्यान ।  घाँटीमा मासु अड्किएर  यहाँ एक झाक्रिको मृत्यु भएको छ ।  शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो ।  

शनिबार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आइतबार बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचारका लागि बिहान अस्पताल पुर्‍याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । गाउँमा झारफुक गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने र राति नै मासु पकाएर खाने चलन  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ