arrow

राजपाको चौथो स्थापना दिवस: कोरोनाविरुद्ध जुट्न अपिल

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
rajapa.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो चौथो स्थापना दिवसको अवसरमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक मतदाता तथा आम जनसमुदायलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ । 

राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले आइबार एक विज्ञिप्त जारी गर्दै कोभिड–१९ को महामारीको जोखिमका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम गर्न नसकिएको जनाउँदै पार्टी स्थापना दिवसका अवसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरका हुन् ।

राजपाले कोभिड–१९ को महामारीबाट जोगिन सम्पूर्ण पार्टीपङ्क्तिलाई एक ढिक्का भएर दृढ सङ्कल्पकासाथ लकडाउनको नियम पालना गर्न÷गराउन पनि आग्रह गरेको छ । सुरक्षित रही आफ्नो वडामा नागरिकलाई राहतलगायत अन्य कुनै प्रकारको समस्या देखिए समन्वयकारी भूमिका निर्वाह गर्नसमेत राजपाले पार्टीपङ्तिलाई आग्रह गरेको छ ।

विसं २०७४ वैशाख ७ गते मधेश केन्द्रित छ राजनीतिक दल मिलेर राजपा स्थापना भएको थियो । राजपाको दुई वर्षदेखि पार्टी एकताको महाधिवेशन हुनसकेको छैन । चक्रीय प्रणालीअनुरुप हरेक दुई महिनामा राजपाको नेतृत्व परिवर्तन हुने परम्परा छ । 

सोहीअनुरुप राजपा अध्यक्षमण्डलका छ सदस्यले पालैपालो नेतृत्व लिँदै आउनुभएको छ । विसं २०७६ को कात्तिक २७ देखि २९ सम्म पार्टीको महाधिवेशन मिति घोषणा गरिए पनि अन्तिम समयमा स्थगन भएको थियो । विसं २०७७ को असार मसान्तसम्म महाधिवेशन गर्ने राजपाको योजना रहे पनि कोभिड–१९ को प्रकोप नेपालमा पनि देखिएपछि अनिश्चित बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ