arrow

उदयको प्रश्न, 'प्रधानमन्त्रीलाई दल फुटाउने हतारो किन?'

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
udaya_samser_rana.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले कोरोनाविरुद्ध लड्नुपर्ने बेला हाम्रा प्रधानमन्त्रीलाई राजनीतिक दल विभाजन सम्बन्धि कानुन ल्याउने हतारो किन भएछ भनेर प्रश्न गरेका छन्। 

मन्त्रीपरिषदबाट दुई अध्यादेश पारित गरि राष्ट्रपतिले जारी गरेपछि प्रतिक्रिया जनाउँदै राणाले मुलुकको आवश्यकता एउटा अनि प्रधानमन्त्रीको ध्यान अन्तै भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरेका छन्। 

ट्वीटरमा प्रतिक्रिया जनाउँदै राणाले भनेका छन्, 'मुलुकको आवश्यकता एउटा अनि प्रधानमन्त्रीको ध्यान अन्तै। सिङ्गो विश्वको चिन्ता कोरोनाबाट नागरिकलाई कसरी बचाउने भन्नेतिर भइरहेका बेला, सबै राजनीतिक दल एकढिक्का भएर कोरोनाविरुद्ध लड्नुपर्ने बेला हाम्रा प्रधानमन्त्रीलाई राजनीतिक दल विभाजन सम्बन्धि कानुन ल्याउने हतारो किन भएछ?'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ