arrow

अध्यादेशले विकृतिको संरक्षण – डा चन्द्र भण्डारी 

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले सरकारले सोमबार ल्याएका दुई विवादित अध्यादेशले विकृतिको संरक्षण गर्ने दावी गरेका छन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका दुई अध्यादेशलाई आधार र औचित्य पुष्टि गर्न नसकिने अध्यादेशका रुपमा स्पष्ट पारेका छन् । 

नेता डा भण्डारीले जनताको प्राथमिकता एकातिर भएको र सरकारको प्राथमिकता अर्कोतिर रहेको भन्दै अहिले ल्याएका अध्यादेश आफ्नै गोटीको सुरक्षा गर्न समस्या भैरहेको समयमा अर्काको गोटी चोर्न ल्याइएको पनि बताएका छन् । 

उनले संस्थाहरुको मजबुतिमा प्रजातन्त्र मजबुत हुन्छ भन्ने मान्यताका आधारमा संविधान निर्माण गरिएको स्मरण गराउँदै विगतमा भएका सांसदको किनबेच, पार्टीहरुमा हुने विभाजन र त्यसले ल्याउने अस्थिरता र विकृतिको अन्तको लागि संविधानको मनसाय अनुसार ऐनहरु निमार्ण गरिएको बताएका छन् । 

नेता भण्डारीले सरकारले काम गर्ने अवसरलाई बाधा नहोस भनेर सरकार बनेको दुई वर्षसम्म अविश्वास प्रस्ताव राख्न नपाउने  व्यवस्था गरिएको स्पष्ट पार्दै विगतका ती सबै कुरालाई मनन नगरी अस्थिरतासित रमाउनेहरुलाई यो अध्यादेशले फाइदा गर्ने तर्कसमेत गरे । 

उनले भने, ‘अरुका माछालाई जालमा पार्न बिछ्याइएको जालमा कुन माछा पहिला पर्ने हो समयले प्रष्ट्याउला प्रतिक्षा गर्नु पर्दछ ।’

नेता भण्डारीले, ‘यस्तै व्यवहार र दम्भले विगतमा धेरै पटक हाम्रो हातबाट प्रजातन्त्र गुमेको थियो । यस्ता असान्दर्भिक घटनाले पुनः अस्थिरताको बिउ रोपिएको छ । हामीले नजिकबाट चिनेजानेका नेपाली नेताहरुलाई किनबेचको लागि खोलिएका पसलले फेरि पार्टीहरुलाई कमजोर बनाउनेछ’ भनी समग्र पार्टी तथा नेताहरुलाई सचेत समेत गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ