arrow

कांग्रेसको आकस्मिक बैठक बुढानीलकण्ठमा 

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । सरकारले अप्रत्याशित तरिकाले हतास मानसिकतासहित सोमबार दुई वटा अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यसविरुद्ध रणनीति बनाउन जुटेको छ । 

त्यसका लागि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आकस्मिक पदाधिकारी बैठक मंगलबार बिहान बस्दैछ ।

बैठकमा सरकारले जारी गरेको दुई अध्यादेशका विरुद्धमा पार्टीले कस्तो रणनिती तय गर्ने भन्ने विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

सोमबार दलसम्बन्धी र संवैधानिक परिषद् गरी दुई अध्यादेश राष्ट्रपतिबाट हतार हतारमा जारी गरिएको थियो ।

देउवाले विश्व नै कोरोना भाइरसको सन्त्रासमा रहेका बेलामा अध्यादेश जारी हुनुलाई नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना भनी टिप्पणी गरेका छन् । 

सरकारले भने दुबै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण गराएर सोमबार मध्यरातमै नेपाल राजपत्रमा समेत प्रकाशित गरिसकेको छ ।

यसको सर्वत्र विरोध भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ