बुटवलमा लकडाउन र सामाजिक दुरीको अवस्था कहाली लाग्दो (भिडियो)
नारायण वली,
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
691
Shares
रुपन्देही । सरकारले महामारी कोरोना भाईरसको प्रकोपवाट वच्नलाई लकडाउन गरको छ । पछिल्लो दुई दिन यता बुटवलमा भने केही चहलपहल वढेको पाईएको छ । अन्य दिनमा दिउँसो कडाई गरिएको भएपनि दुई दिन यता भने दिनभर साना तथा ठुला सवारी साधन एंव मानिसहरुको चहलपहल वढेको पाईएको हो ।
बुटवलमा मंगलवार (आज) सवारी र मानिसहरुको सोमवार भन्दा केही वढेको देखिन्छ । त्यस्तै मासु पसल र कस्मेटिक लगायतका पसलहरु खुल्दा समेत स्थानीय प्रशासनद्वारा लकडाउनलाई व्यवस्थित गर्न नसकेको पाईएको छ । सडकमा केही सुरक्षाकर्मीहरु भएपनि तर उनीहरुले केही गर्न सकेका छैनन् ।
त्यस्तै बुटवलमा रहेको स्ट्याण्डर्ड चार्टर्ड वैंकमा कुनै पनि सामाजिक दुरी कायम नगरी मानिसहरुको भिड लागेको छ । यस्तै सोही भवनको माथिल्लो तलामा रहेको वैंकमा जानेहरुको पनि सोही लाईनमा रहेका थिए ।