arrow

सरकारले अध्यादेश जारी गरेपछि अन्य दलसँग छलफल गर्दै कांग्रेस

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
nc-party-office.png

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सत्तारुढ दलबाहेकका अन्य दलहरुको बैठक बोलाएको छ ।

 कांग्रेस केन्द्रीय कार्यालयमा बुधबार दिउँसो २ बजे बोलाइएको बैठकमा सोमबार सरकारले जारी गरेका दुई अध्यादेश र कोरोना भाइरसको सङ्कट समाधान सम्बन्धमा छलफल हुने कांग्रेस सचेतक बालकृष्ण खाँणले जानकारी दिए । 

बैठकमा कांग्रेसबाहेक समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलका प्रमुख र वरिष्ठ नेतालाई आमन्त्रण गरिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

 सरकारले सोमबार “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७”  र “राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७”  अध्यादेश जारी गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ