महामन्त्री कोइरालाले पठाए जिल्लाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री
सन्जय भट्टराई,
प्रकाशित २०७७ वैशाख १० बुधबार
446
Shares
नवलपुर। नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वी नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशांक कोइरालाले जिल्ला प्रसासन कार्यालय मार्फत जिल्लाका स्थानीय तहका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्। कोरोनोको महामारीसँग अग्रमोर्चामा रहेर लडेका स्वास्थ्यकर्मीको सहजताको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए।
बुधबार नेपाली कांग्रेस पूर्वी नवलपरासीका सभापति एवं प्रदेश सभा सदस्य विष्णु लामिछानेले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई सामाग्री हस्तान्तरण गरेका हुन्। कोईरालाले पठाएको सामाग्रीमा एन ९५ मास्क ७५ थान, १७ थान थर्मल गन, सेनिटाईजर ८० लिटर, पीपीई ६० थान, ५ सय सेट पन्जा, २७५० थान मास्क रहेको लामिछानेले बताए।
संघीय सांसद मार्फत आएका सामाग्रीले कोरोना महामारी नियन्त्रणमा सहयोग पुग्ने भन्दै जिल्लाका स्थानीय तहका सबै स्वास्थ्य संस्थामा पठाउने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।