arrow

पत्रकारलाई मास्क र सेनिटाइजर वितरण

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
parakar.jpg

विराटनगर । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिले मोरङ, सुनसरी र झापाका पत्रकारहरु सेनिटाइजर र मास्क बितरण गरेको छ ।

कोरोनाको जोखिमको बेला फिल्डमा सक्रिय पत्रकारहरुको सुरक्षाको लागि मास्क र सेनिटाइजर वितरण गरिएको हो ।

सुनसरीको पत्रकारका लागि ६० वटा सेनिटाईजर र १ सय मास्क सुनसरी अध्यक्ष अमर खड्कालाई, पथरीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क पत्रकार सन्तोष राईलाई र उर्लाबारीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क पत्रकार सरोज बस्नेतलाई सम्बन्धित ठाउँमा प्रदेश पत्रकार महासंघको तर्फबाट प्रदान गरिएको हो । महासंघको तर्फबाट पत्रकार रबिन भट्टराईले ती सामान हस्तान्तरण गरे ।

यसैगरी झापाको दमकका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क तथा झापाका अन्य स्थानका सञ्चारकर्मीलाई वितरण गर्न १२० सेनिटाईजर र २ सय मास्क पत्रकार महासघ जिल्ला शाखा झापामार्फत प्रदान गरिएको महासंघका प्रदेश अध्यक्ष बिक्रम लुइँटेलले बताए। पत्रकार महासंघ प्रदेश समितिलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ती सामग्री उपलब्ध गराएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ