arrow

स्वास्थ्य सचिव कोइरालाको टिप्पणी गर्दा पूर्व सचिव उपाध्याय हिरासतमा

logo
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
Bhim-Upadhyaya.gif

काठमाडौं । सामाजिक संजालमा टिप्पणी गरे वापत नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय पक्राउ परेका छन्। पूर्व सचिव उपाध्यायलाई स्वास्थ्य मन्त्रालयका वहालवाला सचिव यादव कोइरालालाई गाली गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरीको साइबर ब्यूरोले उपाध्यायलाई ललितपुरबाट बुधबार पक्राउ गरेको हो। ‘सामाजिक सञ्जाल फेसबुक र टुइटरमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको’ आरोप उपाध्यायमाथि लगाइएको छ।

उपाध्यायलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको छ। सामाजिक संजालमा तिखो टिप्पणी गर्ने उपाध्यायले पछिल्लोसमय प्रधानमन्त्री केपी ओली र सरकारका कामकार्वाहीप्रति गम्भीर राजनीतिक टिप्पणी गर्दै आएका थिए।

अघिल्लो साता स्वास्थ्य सचिव यादव कोइराला र उनको बीचमा स्वास्थ्य सामग्री खरिद गरेको विषयमा टुइटरमा आलोचनाको दोहोरो टिप्पणी नै चलेको थियो। 

त्यसपछि काेइरालाले उपाध्यायविरुद्ध साइबर अपराधमा कारबाही गर्न निवेदन दिएपछि उनी पक्राउ परेका हुन्।

मंगलबार पनि उपाध्यायले फेसबुकमा स्वास्थ्य मन्त्रालयले डाक्टरलाई दिएको हैरानीका सम्बन्धमा स्टाटस लेखेका थिए।

सरकार र सरकारका अधिकारीहरु कसरी धैर्यता र सहनशिलता गुमाइरहेका छन् भन्ने कुराको प्रमाणको रुपमा उपाध्यायको पक्राउलाई लिनुपर्ने अधिकारवादीहरु बताउँछन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ