सांसदलाई बन्धक बनाउनु लोकतन्त्र बिरोधी गतिविधि: तरुण दल
पुर्व सचिव भीम उपाध्यायलाई विनासर्त रिहा गर्न माग
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
873
Shares
काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले लोकतन्त्र स्थापनाको यो पवित्र दिवस मनाई रहंदा सरकार भने लोकतन्त्रका मूल्य मान्यता माथि नै धावा बोल्दै लोकतन्त्रका सुन्दर गहना अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्रपूर्वक जीवनयापन गर्न पाउने अधिकार माथि कुठाराघात गरिरहेको बताएको छ।
‘यसै सिलसिलामा सरकारका कुकृत्यको बिरोध गरेर सामाजिक संजालमा आफ्ना अभिव्यक्ति राखेका कारण हिजो मात्र नेपाल सरकार पुर्व सचिव इन्जिनियर भिम उपाध्यायलाई पक्राउ गरिएको छ भने बिपक्षी पार्टीका केही सांसदलाई अपहरणको शैलीमा होटल भित्र बन्धक बनाइएको भन्ने सुन्नमा आएको छ।’
तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बिहीबार विज्ञप्ति जारी गरी उपाध्यायलाई विनासर्त रिहा गर्न माग गरिएको छ । उपाध्यायलाई झुटा आरोप लगाई पक्राउ गरिएको तरुण दलको भनाइ छ ।
त्यसैगरि विपक्षी पार्टीका केही सांसदलाई अपहरणको शैलीमा होटलभित्र बन्धक बनाएको भन्ने सुन्नमा पनि आएको भन्दै तरुण दलले त्यसलाई लोकतन्त्र विरोधी गतिविधि भनेको छ ।
तरुण दलले सबैको अभिभावक र रक्षक बन्नु पर्ने सरकार आफैं यस्ता घृणित कार्यमा लाग्नु निन्दनीय भएको बताएको छ। सरकारका यस्ता निच कार्यको घोर भर्सना गर्दछौं। झुटा आरोप लागाई पक्राउ गरिएका भिम उपाध्यायलाई तत्काउ बिना सर्त रिहाको जोडदार माग गर्दछौं, साथै आगामी दिनमा यस्ता लोकतन्त्रविरोधी गतिविधि नरोकिए लोकतन्त्र रक्षाका लागि नेपाल तरुण दल जस्तो सुकै आन्दोलन गर्न तयार रहेको कुरा जानकारी गराउछौं,’ विज्ञप्तीमा उल्लेख छ।