arrow

प्रदेश ५ मा आत्महत्याका घटना वृद्धि

लकडाउनको अवधिभर अपराधका २१७ घटना दर्ता

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख ११ बिहिबार

रुपन्देही । (कोभिड–१९) को उच्च जोखिमलाई मध्यनजर गर्दै, सरकारद्वारा गरिएको लकडाउन अवधिभर प्रदेश नं ५ मा विभिन्न अपराधका २१७ वटा घटना सम्बन्धी मुद्धा दर्ता भएका छन् । गत चैत ११ गते देखि शुरु भएको लकडाउन वैशाख ११ गते सम्मको अवधि भित्र प्रदेशका १२ वटा जिल्लाहरुमा भएका विभिन्न अपराध जन्य २१७ वटा  घटनाहरु दर्ता भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । 

यस्तै प्रदेश–५ का १२ वटा जिल्लाहरु मध्ये ६ वटा जिल्लाहरुमा केही कम आत्महत्याका घटना घटेको पाईएको छ भने अन्य ६ जिल्लाहरुमा भने आत्महत्यामा घटनाहरु वृद्धि हुँदै गएको पाईएको छ । सवैभन्दा कम आत्महत्या घट्ने जिल्लाहरुमा अर्घाखाँची, रुकुम पुर्व, रोल्पा, प्युठान, वाँके र वर्दिया बाहेक अन्य ६ वटा जिल्लाहरुमा आत्महत्याका घटनाहरु धेरै मात्रामा दर्ता भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एंव प्रवक्ता नवराज पोख्रेलले जानकारी दिएका छन् । 

प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता पोख्रेलका अनुसार लकडाउनको करिव एक महिनाको अवधिमा झुण्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेहरुको संख्या निकै वढेको वताए । जस अनुसार झुण्डिएर आत्महत्या गर्नेहरुमा ५७, विष सेवन गरी १०, फुटकर ज्यान, १३, कर्तव्य ज्यान ९, सवारी दुर्घटना भई ज्यान भवितव्यमा ४ र अभद्र व्यवहारमा २० वटा लगायत अन्य अपराध जन्य घटनाहरु गरी कुल २१७ वटा घटना घटेको वताईएको छ ।

लकडाउन पश्चातको मुद्दा दर्ता संख्यात्मक विवरण(२०७६।१२।११ गते देखी ऐ ०७७।०१।११ गते बिहान सम्मको विवरण)              
सि.नं. अपराध शिर्षक रुपन्देही न.प(पश्चिम) कपिलबस्तु पाल्पा अर्घाखाँची गुल्मी प्यूठान दाङ रोल्पा रुकुम पुर्व बाँके बर्दिया जम्मा   
 कर्तब्य ज्यान                  
ज्यान मार्ने उद्योग                  
फुटकर ज्यान             १३  
ज्यान सम्बन्धी                    
पानीमा डुवी भवितव्य                       
वेवारिसे ज्यान                        
भबितब्य ज्यान          १९  
करेन्ट लागेर मृत्यु                        
सवारी दुर्घटनाबाट भवितव्य ज्यान                     
१० झुण्डी आ.ह. १६ ११ ५७  
११ बिष सेवन गरि आ.ह.                 १०  
१२ आत्महत्या दुरुत्साहन                        
१३ पानीको ट्याङ्कीमा डुबी आ.ह.                        
१४ सवारीबाट चौपायाको मृत्यु ।                        
१५ सवारी ज्यान              
१६ ज.ज.क         २४  
१७ ज.ज.क.उ                        
१८ वहु विवाह                        
१९ अपराधिक प्रवेश तथा अपराधिक उपद्रव      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ