काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच एकता भएर जनता समाजवादी पार्टी बनेकोमा खुशी व्यक्त गरेका छन् ।
दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजवुत बनाउन मद्दत पुग्ने विश्वास लिएको प्रेस विज्ञप्ति मार्फत बताएका छन्।
देउवाले नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैमा नेपाली कांग्रेस र उनको व्यक्तिगत तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।