काठमाडौं। कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका फोटोपत्रकारहरु सुरक्षित रहनका लागी मास्क र स्यानीटाइजर सहयोग प्राप्त भएको छ।
आईएमएसका अध्यक्ष दिपक मलहोत्रा, औषधी उत्पादक संघका तर्फबाट महासचिव बिप्लव अधिकारी, देउराली जनता फर्मास्यूटिकल्स प्रा. लि का कार्यकारी निर्देशक हरीभक्त्त शर्मा, पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत र नर्भिक अस्पतालका डां. विप्लव सापकोटाले फोटो पत्रकार क्लबलाई स्यानेटाईजर र मास्क उपलब्ध गराएका हुन् ।
व्यवसायी दिपक मलहोत्राले २ हजार थान सर्जिकल मास्क , औषधी उत्पादक संघले २५० एमएलको स्यानेटाईजर ७० थान, देउराली जनता फर्मास्यूटिकल्सले ५० एमएलको स्यानेटाईजर ८५ थान स्यानेटाईजर र १०० थान मास्क, पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत र नर्भिक अस्पतालका डां. विप्लव सापोकाटाले करिब ५०० थान सर्जिकल मास्क उपलब्ध गराउनु भएको हो ।
कामको स्वभाव फिल्डमै खटिनुपर्ने नेपाली बिभिन्न सञ्चार गृहमा कार्यरत फोटोपत्रकारहरु पनि बढि जोखिममा रहेका छन् । फिल्डमा खटिएर जोखिम मोल्नुपर्ने पेशागत बाध्यतालाई फोटो पत्रकारहरुले समाज, राष्ट्र र आम मानवजाति प्रतिको जिम्मेवारीका रुपमा सहर्ष वहन गरिरहेका पनि छन् । यस अबस्थामा नागरिकलाई सुसुचित गर्नुपर्ने जिम्मेवारी बोकेका हामी फोटोपत्रकारहरु आफै सुरक्षित रहनु पनि आवस्यक रहेको फोटो पत्रकारहरुको संस्था पिजे क्लबले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
प्राप्त सामाग्रीहरु अग्रपंक्तिमा खटिएका ७० जना फोटोपत्रकारहरुलाई बिहीबार नै वितरण गरिएको छ । यस्तो जोखिमको घडीमा काम गर्ने फोटोपत्रकारहरुको मनोबल उच्च राख्न र सुरक्षित रही काम गर्नलाई प्रत्सोहान गर्ने सहयोगी मनहरुलाई यस क्लब हार्दिक आभार ब्यक्त्त गर्दछ भने अन्य सहयोगी संस्था र ब्यक्त्तीहरुलाई पनि सहयोगको लागी अपिल गर्दछ विज्ञप्तिमा भनिएको छ।