arrow

सांसद शिवचन्द्र चौधरीलाई पत्नीशोक

logo
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
ramsakhi-chaudhary-wife-shi.jpg

काठमाडौं । प्रदेश २ का सांसद शिवचन्द्र चौधरीलाई पत्नी शोक परेको छ । नेपाली कांग्रेसका तर्फबाट सांसद भएका चौधरीकी पत्नी रामसखी चौधरीको बिहीबार साँझ निधन भएको हो । 

चौधरीको ७१ वर्षको उमेरमा काठमाडौंको नर्भिक अस्पतालमा बिहीबार साँझ ६ः३० बजे निधन भएको हो । उनी लामो समयदेखि स्वासप्रश्वासको समस्याले पिडित थिइन् । 

धनुषा निवासी सांसद चौधरीकी पत्नीको पार्थिव शरीरलाई बिहीबार राति उनको काठमाडौं चाबहिलमा रहेको घरमा राखिएको छ । 

रामसखीको शुक्रबार बिहान ८ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले बताएको छ ।

उनका दुई छोरा र एक छोरी छन् । जेठा छोरा राजेन्द्रकुमार विद्युत प्राधिकरणमाा इञ्जिनियर छन् ।

कान्छो छोरा दिपेन्द्रकुमार सगुन नेपालमा कार्यरत छन् भने छोरी निर्मला हाल अमेरिकामा छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ