arrow

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८, थपिए भोजपुरका २६ वर्षे पुरुष

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । बिहीबार पुनः कोभिड–१९ को परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । 

उनले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोभिड–१९ को संक्रमण देखिएको बताए । उनका अनुसार ती सङ्क्रमितलाई आइसोलेशनमा राखिएको छ  ।

ती पुरुष गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । यसअघि बिहीबारै दुई जनामा सङ्क्रमण देखिएको थियो । जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीया महिलामा सङ्क्रमण देखिएको थियो । 

योसंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । 

अहिलेसम्म ९ हजार २०० को पीसीआर र ३४ हजार ५२३ जनाको आरडीटी परीक्षण गरिएको छ । 

१० हजार ५७३ जना क्वारेन्टाइनमा रहेका छन् । ८६ जना आइसोलेशनमा बसिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ